चीन र ताइवानका जहाज आमनेसामने


२२ श्रावण २०७९, आईतवार
china

काठमाडौँ । ताइवान खाडीमा चीन र ताइवानी जलसेनाका विमान आमने सामने भएर बसेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार करिब १० चिनियाँ र ताइवानी जलसेनाका जहाज ताइवानको खाडीस्थित मध्यरेखामा आइतबार बिहान नजिकै देखिएका छन् ।

चीनले ताइवानलाई घेरेर अहिले सैन्य अभ्यास गरिरहेको छ । ताइवानले भने चीनको सैन्य अभ्यासको निरीक्षणको लागि पनि आफ्ना जहाज खटाएको छ । दुवै पक्ष अहिलेसम्म भने शान्त देखिएको समाचारमा उल्लेख छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेसँगै त्यसको विरोधमा चीनले ताइवानलाई घेरेर सैन्य अभ्यास सुरु गरेको हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७