महँगीले गरीबको चुल्हो नबल्ने अवस्था छ, सरकार टुलुटुलु हेरेर बसेको छ : चौधरी


२२ श्रावण २०७९, आईतवार
shanta chaudhari

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद शान्ता चौधरीले बजारमा चर्को महङ्गी बढ्दा पनि सरकार टुलुटुलु हेरेर बसेको बताएकी छन् । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद चौधरीले अहिले बजार भाउ असाध्यै बढेको र बजार भाउ बढ्दा पनि सरकार टुलुटुलु हेरेर बसेको बताएकी हुन् ।

उनले भनिन्, ‘नेपालमा पनि एक झोला सामान किन्न एक झोला पैसा लिएर जानुपर्ने हुन सक्छ । धनीले त किनेर खान सक्लान् सभामुख महोदय तर, यो महङ्गी गरीवको घरमा चुल्हो नबल्ने अवस्था आउन सक्छ ।’ महङ्गीको नाममा भोकमरी आउन सक्ने उनले बताइन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

चौधरीले भनिन्, ‘यसले समाजमा अमनचयन विथोल्ने खतरा हुन सक्छ । सरकारको काम महङ्गीको साक्षी बस्ने होइन । त्यसलाई नियन्त्रण गर्ने हो । नेपाली कांग्रेस तथा गठबन्धनको खुला बजार अर्थनीति यसको प्रमुख कारण हो ।’

city
ncll 2
jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७