संसदमा एमालेको प्रश्न : प्रधानमन्त्रीको मन पोल्छ कि पोल्दैन ?

‘छानबिन समितिले अर्थमन्त्रीमाथि अपुरो अनुसन्धान गर्‍यो, निष्कर्ष पनि अधुरै आयो’


२२ श्रावण २०७९, आईतवार
Pradeep gyawali scaled

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले अपुरो अनुसन्धान गरेको आरोप लगाएको छ । आज (आइतबार) को प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले अनुसान्धान नै अधुरो भएकाले निष्कर्ष पनि अधुरो आएको बताएका हुन् ।

‘बजेट बनाउने क्रममा करका दायराहरु हेरफेरका सह-उत्पादक हुन् । छानबिन समिति बनायौं । छानबिन समितिले सम्पूणर् अंगहरु पूरा गर्न पाएन । अध्ययन अनुसन्धानका लागि जे-जति कामहरु गरिनुपथ्र्यो कल डिटेल लगायतका कामहरु हुन पाएन,’ उनले भने ।

संसदीय विशेष समितिका सदस्य समेत रहेका ज्ञवालीले अर्थमन्त्रीमा शर्मा पुनः नियुक्त भएपछि अर्थ मन्त्रालयमा जान कोहि पनि तयार नभएको बताए । ज्ञवालीले अर्थमन्त्री शर्मामाथि प्रश्न उठाउँदै राष्ट्र बैंक जस्तो स्वयत्त्त निकायमाथि हस्तक्षेप गरेको पनि बताए । ‘अर्थमन्त्री गभर्नर जस्तो स्वायत्त निकायको नेतृत्वलाई जिस्काउँछन्, यता बजेट बिथोल्छन्’, उनले भने, ‘यस्ता कुराले प्रधानमन्त्रीलाई कहीँ कतै पोल्दैन ? कानुनी उन्मुक्ति र नैतिक उन्मुक्ति दुई किसिमका हुन्छन् ।’

‘कुनै बेला अर्थ मन्त्रालय जान सचिवहरुको हानथाप हुन्थ्यो । तर, आज यो सरकारका काम क्रियाकलापले त्यहाँ काम गरिरहेका कतिपय कर्मचारीले सरुवा माग्ने, अरु कर्मचारी बस्न नचाहने । यसको स्रोत कहाँ हो सभामुख महोदय ? यसको स्रोत त्यो हो,’उनले भने ।

तथ्यमा आधारित भएर संसदीय छानबिन समितिले निष्कर्ष निकाल्नुपर्नेमा त्यसो हुन नसकेको उनको भनाइ छ। उनले भने, ‘समितिमा बिरलै देखिने र हुन /नहुने संसदीय छानबिन समितिमा अल्पमत र बहुमत होइन । तथ्यमा आधारित भएर निष्कर्ष निकाल्नुपर्ने त्यो विधि अधुरो भयो । जे रिपोर्ट आयो त्यहि रिपोर्टका कारण अर्थ मन्त्रालयमा कर्मचारीहरु भागाभाग हुनुपर्ने अवस्था छ । देशको अर्थतन्त्र गम्भीर अवस्थामा छ । प्रधानमन्त्रीलाई कहिँकतै यस्तो अवस्था हुँदा पनि पोल्दैन । अनुसन्धान नै अधुरो भएकाले निष्कर्ष पनि अधुरो रह्यो । र, यसले गम्भीर सार्वजनिक प्रश्न खडा गर्न पुग्यो । त्यसको असर अर्थ मन्त्रालयको संरचना खल्बलिन लागेको बुझ्नुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७