‘देश चुनावमा होमिइसकेपछि महाभियोग जस्तो संवेदनशील विषय उठाइयो’


२२ श्रावण २०७९, आईतवार
Bhim Rawal

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा सांसद भीम रावलले न्यायपालिकाका, कार्यपालिका, व्यवस्थापिकामा कानुन मिच्ने प्रवृत्ति प्रबल भएर गएको बताएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्धको महाभियोगमाथि संसदमा छलफलमा भाग लिँदै सांसद रावलले राज्यका महत्वपूर्ण अंगहरुमा अनेक किसिमका विकृतिका थुप्रोहरु लाग्ने गरेको बताएका हुन् । उनले लथालिङ्ग देशको भताभुङ्ग चाला भनेझैं राज्य प्रणालीमा विभिन्न विकृति देखिन थालेको बताएका छन् ।

देशका धेरै निकायमा विकृतिका चाङ छन् । न्यायालयको सर्वोच्च निकाय सर्वोच्च अदालतका प्रधानन्यायाधीशमाथि महाभियोगको प्रस्ताव अघि सारिएको कति समय भयो ? के कुरामा हेक्का राखिनु पथ्र्यो भने कस्तो राजनीतिक प्रक्रियामा छौं र कुन चरणमा छौं ? देश आम निर्वाचनमा जाँदैछ । यस्तो स्थितिमा अत्यन्त संवेदनशील विषयलाई उठाइएको छ ।’

रावलले भने, ‘प्रधानन्यायाधीशमाथि उठेको विषय त यत्रतत्र सर्वत्र सुनेकै छौं । जुनसुकै व्यक्ति संविधान र कानुनभन्दा माथि हुँदैन । हामी कहाँ त न्यायपालिका, कार्यपालिका, व्यवस्थापिकामा जतासुकै कानुन मिच्ने प्रवृत्तिहरु प्रवल भएर गएका छन् ।’ तथ्यसंगत ढंगले समयमै निराकरण हुनुपर्ने भएपनि त्यसो हुन नसकेको उनको भनाइ छ । कुनै पनि विषयमा कुरा उठिसकेपछि संविधान, कानुन र तथ्यपरक ढंगले समाधान गरिनुपर्ने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७