क्युबाको तेल भण्डारणमा चट्याङ लाग्दा आगलागी : ८० घाइते, १७ अग्निनियन्त्रक बेपत्ता


२२ श्रावण २०७९, आईतवार
fire quba petrol pump 20220807140703

मातान्जास । क्युबाको मातान्जास शहरस्थित तेल भण्डारण केन्द्रमा शनिबार चट्याङ लागेर आगलागी हुँदा करिब ८० जना घाइते भएका छन् भने १७ जना अग्निनियन्त्रक बेपत्ता भएका छन् ।

अग्निनियन्त्रकहरूले अझै पनि माटान्जास सुपरट्याङ्कर बेसमा आगो निभाउने प्रयास गरिरहेका छन् । शुक्रबार राति सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आएको छैन । क्युबा सरकारले सबै प्रकारका घरेलु उयाय अवलम्वन गरे पनि नियन्त्रण गर्न नसकेपछि तेल भण्डारण बारे अनुभव भएका मैत्री देशहरूबाट अग्निनियन्त्रण विज्ञहरूको मद्दत मागेको छ ।

आगलागी नियन्त्रणमा लिन सेनाले हेलिकप्टरबाट पानी खसाल्दै आगो निभाउने प्रयास गरिरहेको छ । मातान्जासका अग्निनियन्त्रक प्रमुख रोबर्टो डे ला टोरेका अनुसार अग्नि नियन्त्रकहरूले आगो फैलिनबाट रोक्नको लागि ट्याङ्कीहरूलाई चिसो राख्न प्रयास गरिरहेका छन् ।

मातान्जासको प्रान्तीय सरकारको फेसबुक पेजले घाइतेको संख्या ७७ पुगेको र १७ जना बेपत्ता रहेको उल्लेख गरेको छ । घाइते मध्ये सात जनालाई हवानाको क्यालिक्सटो गार्सिया अस्पतालमा लगिएको छ । क्युबाले इन्धन अभावको सामना गरिरहेको बेला यस्तो घटना भएको हो । यद्यपि घटनाको विस्तृत विवरण र क्षति भने अझै यकिन भएको छैन । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७