विकृतिको चाङमा उभिएकाले प्रधानन्यायाधीशलाई महाभियोग : विश्वकर्मा


२२ श्रावण २०७९, आईतवार
min Bishwakarma

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले न्यायपालिकामा विकृतिको चाङ लगाउने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाइएको बताएका छन् । प्रतिनिधिसभामा महाभियोग प्रस्तावमाथि आइतबार छलफल गर्दै विश्वकर्माले उक्त प्रस्ताव पारित गर्न आग्रह गरेका छन् ।

महाभियोगलाई लिएर सत्ता र प्रतिपक्षमा उभिन नहुने सांसद विश्वकर्माको भनाइ थियो । संसद्ले न्यायपालिकामा देखिएको विकृति अन्त्य गर्नुपर्छ भनेर न्यायालय र सडकबाट आवाज उठेपछि महाभियोग लगाइएको उनले बताएका छन् ।
‘विकृति, विसंगतिको चाङमा उभिएका प्रधानन्यायाधीशलाई महाभियोग लगाएर निलम्बन गरिएको छ । अब सिफारिस समितिले उपयुक्त सिफारिस गरेर महाभियोग प्रस्ताव पास गर्नुपर्छ,’ उनले भने ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रधानन्यायाधीश जबराले पदीय आचरणअनुसार काम नगरेकाले र न्यायालयको नेतृत्व गर्न नसकेकाले महाभियोग लगाउनुपरेको पनि विश्वकर्माको भनाइ थियो । ’आफ्नो पदीय आचरणअनुसार काम गर्न नसकेको, विवादित, अन्यायपूणर् फैसला गरेको, बिचौलियाको प्रयोग गरेर मुद्दा प्रभावित गरेको भन्ने कुरा उठेका थिए ।’

city
ncll 2

उनले थपे, ‘यी मुद्दा संसद्ले होइन सडकबाट कानुन व्यवसायी मात्रै होइन सबै न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, आमनागरिकले कुरा उठाएका हुन् । सडकमा वकिल कालो कोट लगाएर आन्दोलन गरिरहेका थिए । त्यसमा सांसद, संसद्, सभामुख खोइ भनिरहेका थिए । मानिस न्याय नपाएर तड्पिएका थिए । त्यो कहालीलाग्दो अवस्थामा थियो ।’

jagdamba.cement
nepal liquors

महाभियोगलाई सही ढंगबाट टुंगोमा पुर्‍याउनुपर्ने सांसद विश्वकर्माको भनाइ थियो । प्रतिपक्षका सांसदहरूले किन ढिलो छलफलमा ल्याएको भन्ने प्रश्नको जवाफमा विश्वकर्माले भने, ’यो मुद्दालाई सही ढंगबाट टुंगो लगाउनुपर्छ । विलम्ब भयो भन्ने गुनासो छ, विलम्ब भएको हामीलाई पनि लागेको छ । सबैलाई लागेको छ । विलम्बको कारण के हो ? ९ महिनासम्म संसद् सुचारु गर्न सकेनौं । त्यसपछि निर्वाचन आयो, बजेट आयो,’ उनले भने ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७