शेयर बजार १० अंक बढीले बढ्यो, दुई अर्ब ६७ करोडको कारोबार


२२ श्रावण २०७९, आईतवार
share

काठमाडौँ । शेयर बजार हप्ताको पहिलो दिन आज (आइतबार) १० अंकभन्दा धेरैले बढेको छ । दिनभर तलमाथि भइरहेको नेप्से बन्द हुने बेलामा १० दशमलव २७ अंकले बढेर २ हजार १२३ दशमलव ८२ विन्दुमा पुगेको छ ।

आज जीवन बीमाबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । नेप्से बढे पनि कारोबार रकममा भने कमी आएको छ । २१९ वटा कम्पनीको ६१ लाख ६ हजार कित्ता शेयर दुई अर्ब ६७ करोड ३३ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १३ करोड ८९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज मनकामना स्मार्ट लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । यस्तै तेह्रथुम पावरको साढे नौ प्रतिशत र उपकार लघुवित्तको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । नयाँ सारथी लघुवित्त, साम्लिङ पावर र ग्रामीण विकास लघुवित्तको शेयर भने तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७