जबराविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो


२२ श्रावण २०७९, आईतवार
cholendra shamsher jabara

काठमाडौं । प्रतिनिधिसभाले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावलाई महाभियोग सिफारिस समितिमा पठाएको छ ।

आज (आइतबार) को प्रतिनिधिसभा बैठकले जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावलाई महाभियोग सिफारिस समितिमा पठाएको हो । सभामुख अग्निप्रसाद सापकोटाले महाभियोग प्रस्ताव समितिमा पठाउने राखेको प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

गत २२ फागुनमा प्रतिनिधिसभा बैठकले जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छानबिन गर्न ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरेको थियो । समितिमा सो प्रस्तावलाई पठाउने प्रस्तावलाई आइतबारको प्रतिनिधिसभाले बहुमतले स्वीकृत गरेको हो ।

city
ncll 2

गत फागुनमा संसदले एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनता समाजवादीका सांसदलाई समेटेर महाभियोग सिफारिस समिति गठन गरेको थियो ।

jagdamba.cement
nepal liquors

समितिमा एमालेबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाङ्फे, कृष्णभक्त पोखरेल, कांग्रेसबाट मिनबहादुर विश्वकर्मा, रामबहादुर विष्ट, माओवादी केन्द्रबाट यशोदा सुवेदी, रेखा शर्मा, एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोसपाबाट एकवाल मियाँ र जसपाबाट प्रमोद साह छन् ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७