गाउँपालिकाका निमित्त कार्यकारी अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा


२२ श्रावण २०७९, आईतवार
bises adalat

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टकदत्त प्याकुरेलसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

हुम्लाको अदानचुली-१ स्थित थलाल्नादेखि कल्खेसम्म र वडा नं. ४ स्थित लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा उनीहरुले २१ लाख ४७ हजार ४९२ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज उनीहरु विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले आज मुद्दा दायर गरेका अन्यमा अदानचुली गाउँपालिकाका इन्जिनियर मकरध्वज शाही, असिस्टेण्ट सव-इन्जिनियर विनोद थापा र ठेकेदार गणेश भण्डारी रहेका छन् । दायर गरिएको मुद्दामा उनीहरु सबैसँग २१ लाख ४७ हजार ४९२ रुपैयाँ बिगो दाबी गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७