श्रीमती र सासुलाई मट्टितेल खन्याएर आगो लगाई ज्वाई फरार, घाइते दुबैको अवस्था चिन्ताजनक


२२ श्रावण २०७९, आईतवार
aago

महोत्तरी । महोत्तरीको भंगहामा ज्वाइँले श्रीमती र सासुलाई मट्टितेल खन्याएर आगो लगाएर फरार भएका छन् । भंगहा नगरपालिका-१ कञ्चजनवनमा आमा-छोरीलाई मट्टितेल खन्याएर आगो लगाइएको हो । शरीर जलेर घाइते दुबै जनाको अवस्था चिन्ताजनक रहेको छ । घाइते दुवैको उपचार प्रादेशिक अस्पताल जनकपुरमा सम्भव नभएपछि काठमाडौं रेफर गरिएको छ ।

घरायसी विवादमा ज्वाईले वृद्ध सासु र श्रीमतीलाई मट्टितेल खन्याएर आगो लगाएको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन् । भंगहा नगरपालिका-१ कञ्चजनवनकी ६५ वर्षीया सासु रेसमादेवी सदा र ३५ वर्षीया श्रीमती प्रमिलादेवी सदालाई औरही नगरपालिका-८ का शंकर सदाले मट्टितेल खन्याएर आगो लगाएका हुन् ।

शनिबार मध्यराति मट्टितेल खन्याएर आगो लगाउँदा रेसमादेवी सदाको पिट्यु, पाखुरा र बायाँ खुट्टा जलेको छ । प्रमिलादेवी सदाको हात, खुट्टा र छाती जलेको छ । उनीहरु दुबैको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि काठमाडौं रेफर गरिएको प्रादेशिक अस्पताल जनकपुरका डा. रुपेश बर्माले जानकारी दिए ।

सासु र श्रीमतीलाई आगो लगाएर हत्या गर्न खोज्ने शंकर सदा घटनापपछि फरार छन् । वैदेशिक रोजगारबाट फर्केपछि शंकर पछिल्लो एक वर्षदेखि ससुरालीमै बस्दै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७