बालकोटमा ओलीसँग परिवार दलका ढकालको भेटवार्ता


२२ श्रावण २०७९, आईतवार
balkot

काठमाडौँ । सरकारले आगामी मंसिर ४ गते आईतबार एकै साथ हुने संघीय संसद तथा प्रदेश सभाको निर्वाचनको मिति घोषणासँगै नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

ओली निवास बालकोटमा शनिबार बेलुका भएको भेटमा समसामयिक राजनैतिक अवस्थाको बारेमा छलफल भएको ढकालका परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेलले जानकारी दिए । निर्वाचन घोषणापछि दूई नेताबीच भएको भेटलाई अर्थपूणर् रुपमा हेरिएको छ ।

गएको स्थानीय निर्वाचनमा एमाले र परिवार दलले चुनावी सहकार्य गरेका थिए । भेटमा स्थानीय निकाय निर्वाचनको समीक्षाका साथै आगामी निर्वाचनमा पनि दुई दलबीच कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ भन्ने बारेमा छलफल भएको पौडेलले जानकारी दिए ।

दुबै नेताबीच आपसी संवाद र छलफलको माध्यमबाट अगाडि बढ्ने र परिवार दलले एमालेलाई स्थानीय निकायमा सहयोग गरेकोमा अध्यक्ष ओलीले प्रसन्नता व्यक्त गरेको पौडेलले जानकारी दिए । झण्डै दुई घण्टाको छलफलमा सत्ता गठबन्धन र आगामी निर्वाचनबारेमा छलफल भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७