२०७९ साउन २३ गते सोमबारको तपाईको राशिफल

पञ्चाङ्ग : एन्द्र वणिज ज्येष्ठा, पुत्रदा एकादशी व्रत


२३ श्रावण २०७९, सोमबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनमा निराशा र शरीरमा आलस्य आउला । कार्य सम्पादनमा समस्या आउला । अनावश्यक ठाउँमा धन खर्च होला र साँझमा खर्च बढ्ने योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज प्राविधिक काममा सफलता प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सरकारी निकायको भए रहनेछ । पढाइ लेखाइमा समय दिन सकिँदैन । अनावश्यक यात्रा पनि हुनसक्छ, तर साँझमा कुनै कुराले मन खुशी हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्ने छ । सांगीतिक क्षेत्रमा रुचि बढ्ने छ । राज्यबाट मान सम्मान पाइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज सानातिना समस्यामा अल्झिनु पर्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । व्यापार व्यवसायमा पनि मन्दी छाउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । व्यापार, व्यवसायमा सफलता मिल्ने छ । दिनको उत्तरार्ध सुखद् रहने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज सामाजिक क्षेत्रमा काम गर्नेहरूले मान सम्मान पाउनेछन् । टाढिएका आफन्तसँग पुनः सम्बन्ध गाँसिन सक्छ । रमाइलो यात्रा पनि हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज माइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । प्रेममा मधुरता छाउने छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । दाम्पत्य जीवन सुखमय नै रहला । शेयर बजारबाट पनि सफलता मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् र शुभकार्यको चर्चा चल्ने छ । सेयर बजारमा लागेकाहरूलाई समय निकै राम्रो रहनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज परिवारमा सुख, सन्तोष छाउनेछ । सफल यात्राको योग छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्ने छ । जोश, जाँगर र उमङ्ग पनि बढ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने छ ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७