यी प्रदेशमा भारी बर्षाको सम्भावना


२३ श्रावण २०७९, सोमबार
rain

काठमाडौं । देशभर आज (सोमबार) पनि आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ ।

अहिले (सोमबार बिहान ६ बजे) प्रदेश-१, गण्डकी प्रदेश, कणर्ाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली छ । देशका बाँकी भूभागमा आंशिक बदली छ । कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश-१ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश-१ र वाग्मती प्रदेशका केही तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश-१ र वागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७