हल्यान्डको दुई गोलमा सिटीको जितमा


२३ श्रावण २०७९, सोमबार
ct

बेलायत । इर्लिङ हल्यान्डले लिग डेब्युमा गरेको दुई गोलको मद्दतले म्यानचेस्टर सिटीले आइतबार वेस्ट ह्यामलाई २-० गोलअन्तरले पराजित गरेको छ । योसँगै सिटीले इङलिस प्रिमियर लिगको उपाधि रक्षा अभियानमा विजयी शुरुआत लिएको छ ।

पहिलो लिग खेल खेल्ने क्रममा बोरुसिया डर्टमुन्ड फुटबलबाट सिटी आएपछि हल्यान्डले आफ्नो प्रतिष्ठाअनुसार खेल खेले । नर्वेली खेलाडी सर्जियो अगुएरोले क्लब छाडेयता उनको स्थान लिन हल्यान्ड सिटीसँग अनुबन्धि भएका थिए ।

कम्युनिटी सिल्डमा प्रभावशाली प्रदर्शन गर्न नसकेका हल्यान्डले वेस्ट ह्यामविरुद्ध भने उत्कृष्ट खेल खेले । उनले खेलको ३६ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेपछि ६५औं मिनेटमा दोस्रो गोल थपे । एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७