सुक्खा पहिरोको जोखिममा माझगाउँ


२३ श्रावण २०७९, सोमबार
pahiro khotang
सांकेतिक तस्वीर

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका-४ जलेश्वरीमा गाउँ नै सुख्खा पहिरोको जोखिममा परेको छ । शनिबार राति ठूलो पाखा पहिरो खस्दा जलेश्वरी माझगाउँका १८ घर परिवार जोखिममा परेका छन् ।

माझगाउँको अर्को पाटोको भीर पाखो ठूलो सुक्खा पहिरोको रुपमा खसेको हो । झण्डै चार सय मिटर फैलिएको पहिरो करिब सात सय मिटर तल मेकुखोलामा थुप्रिएको छ । पहिरोका कारण वस्ती मात्र नभएर स्थानीय जनकल्याण आधारभुत विद्यालय जोखिममा परेको व्यवस्थापन समिति अध्यक्ष धनकुमार राईले जानकारी दिए ।

पहिरोका कारण रुद्रबहादुर राई, अधिराज राई, ललितकुमार राई, चन्द्रबहादुर राई लगायतको घर उच्च जोखिममा परेको छ । उनीहरुको घरबाट करिब ५०/६० मिटरको दूरीमा पहिरो आइपुगेको छ । विद्यालयको खेल मैदान नजिकसम्म पहिरो गएपछि विद्यार्थी त्रासमा छन् । विद्यार्थी पहिरोमा खस्ने त्रासले डिलमा घोराबारा हालिएको छ ।

सो पहिरोले दिप्दीमावा-माझगाउँ-देल्बाया सडकको करिब दुई सय मिटर भाग बगाएको छ । केही मुनिबाट शुरु भएको अर्को पहिरोले समेत माझगाउँ जोखिममा पारेको छ । दुई-तीन वर्षदेखि सामान्य धाँजा फाटेको पाखोमा सामान्य वर्षाकै बीच पहिरो गएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७