बार्सिलोनालाई जोन गाम्परको उपाधि


२३ श्रावण २०७९, सोमबार
barsi

काठमाडौं । मेक्सिकन क्लब पुमास यूएनएएमलाई ६-० ले पराजित गर्दै स्पेनिस क्लब बार्सिलोनाले जोन गाम्परको उपाधि जितेको छ ।

आइतबार राति घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनालाई जित दिलाउन पेड्रीले दुई गोल गरे । यस्तै, रोबर्ट लेवान्डोस्की, औसमाने डेम्बेले, पिएरे औबामेयाङ र फ्रान्की डी योङले एक एक गोल गरे ।

बार्सिलोनाले पहिलो २० मिनेटमै चार गोल गरेको थियो । यसै खेलबाट बार्सिलोनाले आफ्ना रक्षक ड्यानी अल्भेसलाई बिदाइ गरेको छ । बार्सिलोनाले अर्को शनिबार रायो भालेकानोसँग खेल्दै ला लिगा सिजन २०२२/२३ सुरुवात गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७