सिट बाँडफाँड गर्न कार्यदलको पहिलो बैठक बस्दै


२३ श्रावण २०७९, सोमबार
Gathbandhan Top five leader of nepal

काठमाडौ । सत्तारूढ गठबन्धनभित्र आउँदो निर्वाचनका लागि सिट बाँडफाँडको खाका तयार गर्न गठित कार्यदलको बैठक आज (सोमबार) बस्दैछ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाइएको छ ।

मंसिर ४ गतेलाई तय प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि साउन मसान्तभित्र सिट बाँडफाँडको खाकासहित सुझाव दिन गठित कार्यदलको पहिलो बैठक बस्न लागेको हो । बैठकमा गठबन्धनको आधार र मापदण्डको विषयमा छलफल हुनेछ ।

दलहरूले आवश्यक गृहकार्य नगरेकाले पहिलो बैठक औपचारिकतामा सीमित हुने कार्यदलका एक सदस्यले बताएका छन् । सिट संख्या दाबी गर्ने गरी दलहरूले ठोस छलफल गरिसकेका छैनन् । आधार र माददण्ड तयार भएपछि सिट बाँडफाँडबारे दलहरूको तर्फबाट दाबी पेस हुनेछ ।

गत शुक्रबार गठबन्धनको बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट जनार्दन शर्मा र वर्षमान पुन, एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७