रियल म्याड्रिडलाई युभेन्टसको चुनौती


२० चैत्र २०७४, मंगलवार
juventus vs real madrid 1

काठमाडौं, २० चैत : आज राति च्याम्पियन्स लिगको क्वार्टर फाइनल खेलमा गत वर्षका विजेता र उपविजेता भिड्दै छन् । रियल र युभेन्टस नेपाली समयअनुसार १२.३० बजे युभेन्टस स्टेडियममा भिड्ने छन् ।juventus vs real madrid 1

घरेलु टोली युभेन्टसले आफ्नो घरेलु लिगको पछिल्लो खेलमा एसी मिलानलाई ३–१ ले हराएको थियो । युभेन्टसका मिरालेम पाज्निच र मेधि बेनाटिया यस खेलमा प्रतिबन्धित छन् । त्यसैगरी मारियो मान्डजुकिच पूर्ण फिट नरहेका कारण खेलमा सहभागी नहुने सम्भावना बढी रहेको छ । अर्को तर्फ लास पाल्मासलाई यही साता ३–० ले हराएको रियल म्याड्रिड पनि लयमा रहेको छ । नाचो पूर्ण फिट छैनन् भने ग्यारेथ बेलको स्थान इस्को अथवा एसेन्सियोले लिने देखिन्छ । क्रिस्टियानो रोनाल्डोलाई अघिल्लो खेलमा विश्राम दिइएको थियो त्यसैले उनी पूर्ण विश्रामसहित खेलमा फर्किने छन् ।

यी दुई टोली बीचको पछिल्लो ६ खेलमा रियल र युभेन्टसले दुई–दुईमा जीत हात पारेका छन् भने दुई खेल बराबरीमा टुंगिएको छ । रियल लालिगामा तेस्रो स्थानमा रहेको छ भने तुलनात्मक रुपमा सिजनमा राम्रो लयमा रहेको युभेन्टस इटालियन सेरिआको पहिलो स्थानमा रहेको छ ।

बायर्न र सेभिल्ला पनि भिड्दै

च्याम्पियन्स लिगको अन्य खेलमा जर्मन च्याम्पियन बायर्न म्युनिख स्पेनिस क्लब सेभिल्लाको सामना गर्दै छ । सो खेल नेपाली समयअनुसार १२.३० बजे सेभिल्लाको घरेलु मैदानमा खेलिने छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७