ब्राजिलमा मार्सल आर्टका विश्व च्याम्पियन खेलाडीको हत्या


२३ श्रावण २०७९, सोमबार
kheladi

काठमाडौँ । ब्राजिलमा मार्सल आर्टका विश्व च्याम्पियन एक खेलाडीको हत्या भएको छ । ब्राजिलको साओपाउलो नाइट क्लबमा प्रहरीले हानेको गोली लागेर मार्सल आर्ट खेलाडी लयन्द्रो लोको ज्यान गएको प्रत्यक्षदर्शीले बताएका छन् ।

ड्युटीबाहिर रहेका प्रहरीले उनलाई गोली हानेका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । गोली प्रहार लगत्तै भागेका ती प्रहरीको खोजी भइरहेको छ ।

टाउकोमा गोली लागेका लोको उपचारका क्रममा अस्पतालमा ज्यान गएको हो । ३३ वर्षीय उनी लो जियु-जित्सु एथलिट च्याम्पियनसिपको अहिलेसम्मकै सफल खेलाडी मानिन्छ । यो विधामा उनले आठ पटक विश्व विजेता बनिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७