मन्त्री छाडे पनि झाँक्रीलाई मन्त्रालयको चासो

भन्छिन्, ‘उपभोक्ता समितिले गर्ने काम गुणस्तरहीन छ’


२३ श्रावण २०७९, सोमबार
ramkumari jhakri 1 1
फाइल फोटो

काठमाडौँ । सत्तारुढ नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले उपभोक्ता समितिको गुणस्तरहीन कामका कारण साना आयोजना समयमा सम्पन्न हुन नसकेको बताएकी छिन् । उनले उपभोक्ता समितिले असार मसान्तमा आएर काम गर्ने र त्यो पनि गुणस्तरहीन हुने हुँदा साना आयोजनामा ढिलाइ हुने गरेको बताइन् ।

आज (सोमबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री झाँक्रीले उपभोक्ता समितिको काममा अख्तियारले समेत प्रश्न उठाएको औंल्याइन् । ‘साना आयोजना समयमा नै नसकिनुको कारण उपभोक्ता समितिबाट गरिने काम गुणस्तरहीन र असारको मसान्तमा आएर काम सक्नु हो । मैले पटक-पटक भनेकी छु । उपभोक्ता समितिको काम गुणस्तरहीन भएकाले अख्तियारले समेत प्रश्न उठाएकाले यसबाट काम नगरौँ भनेर त्यो काम रोक्यौँ । त्यसपछि सार्वजनिक खरिद प्रक्रियामा जानुपर्‍यो,’ उनले भनिन् ।

आफू सहरी विकासमन्त्री हुँदा पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको उनको दाबी छ । आफू मन्त्री रहँदा योजनाबद्ध रूपमा काम गरेको र अन्य विकासे मन्त्रालयको तुलनामा पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको उनले बताइन् । उनले आफू नहटेको भए अहिलेसम्म ८० प्रतिशत काम पुरा भइसकेको हुने समेत दावी गरिन् । पार्टीले मन्त्रीबाट फिर्ता बोलाइसकेको अवस्थामा पनि उनले आफूले काम गरेको मन्त्रालयको कारवाही शैलीप्रति चासो व्यक्त गरेकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७