कांग्रेस देशभर तालमेलको पक्षमा, कम्तीमा १०० सिट राख्न सुझाव


२३ श्रावण २०७९, सोमबार
Nepali congress CC Meeting
nlntk’/M !# r}tM g]sf s]Gb|Lo sfo{;ldltsf] a}7s nlntk’/sf] ;fg]kf cfOtaf/ a;]sf] g]kfnL sf+u|];sf] s]Gb|Lo sfo{;ldltsf] a}7s . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । सत्तरुढ नेपाली कांग्रेसका नेताहरु देशभर तालमेलको पक्षमा देखिएका छन् । सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक बस्नुअघि कांग्रेसले सोमबार विहान पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक राखेको थियो । प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा नेताहरुले अधिकांश स्थानमा गठबन्धनका उम्मेदवार जित्ने गरी तालमेल गर्नुपर्नेमा जोड दिएका छन् ।

‘कसले कति सिट पायो भन्दा पनि गठबन्धनका उम्मेदवारलाई कसरी विजय गराउने भन्नेमा ध्यान दिनुपर्छ भन्ने मत छ’, एक नेताले भने । नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीहरुले कम्तीमा १०० सिट राखेर चुनावी तालमेल गर्न सुझाव दिएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको आज बसेको बैठकले कम्तीमा १०० सिट राखेर मात्रै तालमेल गर्न सुझाव दिँदै सो सम्भव नभए गठबन्धन नगर्न सुझाव दिएका छन् । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने पार्टीका तर्फबाट गठबन्धन कार्यदलय रहेका सदस्यहरुलाई सुझाव दिनका लागि सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक राखेको बताए ।

city

उनले ०७४ सालको निर्वाचन र भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा पाएको मतलाई गठबन्धन निर्माणको आधार बनाउन सुझाव दिएको जानकारी दिए ।

jagdamba.cement

‘पार्टीका तर्फबाट सत्ता गठबन्धन कार्यदलका सदस्यहरुसँग छलफल थियो । आजै पाँच दलीय कार्यदलसँग छलफल छ । पदाधिकारी र पूर्वपदाधिकारीको सुझाव सल्लाह लिनका लागि सभापतिले बैठक डाक्नु भएको हो’, प्रवक्ता डा. महतले भने, ‘साथीहरुले आफूलाई लागेका सल्लाह सुझाव दिनु भएको छ ।’

उनले सुझाव दिने क्रम जारी रहेको भन्दै अहिले प्रारम्भिक सुझाव भएकाले ठोस रुपमा यति नै सिट भनेर सुझाव नदिएको बताएका छन् । ‘प्रारम्भिक बैठक हो । यहाँ सुझाव प्रारम्भिक मात्र आएका छन्’, प्रवक्ता महतले भने, ‘०७४को चुनावमा, यसपालाको स्थानीय चुनावमा पाएको मतलाई आधार मान्न सुझाव आएका छन् ।’

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७