विवादित मन्त्री कार्चेन लामाको कार्यकाल आजबाट सकियो


२३ श्रावण २०७९, सोमबार
karchen

सुर्खेत । मूर्ती चोरीको आरोप लागेका कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डोल (कार्चेन) लामाको कार्यकाल आज (सोमबार) बाट सकिएको छ । मूर्ती चोरीको आरोप लागेपछि उनी विवादित बनेका थिए ।

विवादित लामा नेकपा माओवादी केन्द्रको सिफारिसमा २०७८ माघ २३ गते मन्त्रीमा नियुक्त भएका थिए । संवैधानिक व्यवस्था अनुसार प्रदेशसभा सदस्य नभई मन्त्री बनेकाहरु ६ महिनाभित्र प्रदेशसभा सदस्य हुनुपर्नेछ, अन्यता स्वतः पद रिक्त हुनेछ ।

सोही अनुसार लामाको कार्यकाल सोमबार सकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । मन्त्री लामाको पद रिक्त हुने भएपछि माओवादी केन्द्रबाट डोल्पाका सांसद वीरबहादुर शाही मन्त्री बन्ने चर्चा छ । सांसद शाही अघिल्लो पटक नै मन्त्री बन्ने चर्चामा थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७