आम निर्वाचन : एआईजी सहकुल थापाको कमाण्डमा केन्द्रीय निर्वाचन सेल गठन


२३ श्रावण २०७९, सोमबार
AIG Sahakul Thapa 1

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल थापाको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरिएको छ ।

२०७९ मंसिरमा हुने निर्वाचनका लागि कार्य विभागका प्रमुख एआईजी थापाको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरिएको प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

मन्त्रिपरिषद्ले मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन निर्वाचनको मिति घोषणा गरेको छ । २०७९ मंसिरमा हुने निर्वाचनका लागी प्रहरी प्रधान कार्यालयले प्रदेश र जिल्ला निर्वाचन सेल गठन गर्न देशभर सर्कुलर गरेको छ ।

city
ncll 2

प्रहरी हेडक्वार्टरले सोमबार प्रदेशस्तरीय निर्वाचन सेल र जिल्ला तहमा पनि निर्वाचन सेल गठन गरेर चुनावी सुरक्षा तयारी गर्न सात प्रदेश र ७७ जिल्लामा पत्राचार गरेको छ ।

jagdamba.cement
nepal liquors

केन्द्रीय निर्वाचन सेललाई चुनाव केन्द्रित योजना बनाउने र केन्द्रीय योजना कार्यान्वयन गर्ने अधिकार हुन्छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७