संसदमा उठ्यो खेलाडीहरूलाई पेन्सन दिनुपर्ने माग


२३ श्रावण २०७९, सोमबार
durga gurung

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका राष्ट्रियसभाकी सांसद दुर्गाकुमारी गुरुङले खेलाडीहरूलाई पनि पेन्सन दिने व्यवस्था मिलाउन गर्न सरकारसँग माग गरेकी छन् ।

सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद गुरुङले उमेर हदको व्यवस्था गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सम्मान पाएका खेलाडीहरूलाई शिक्षक, कर्मचारीहरूलाई जस्तै पेन्सन दिने व्यवस्था गर्न सरकारसँग माग गरेकी हुन् ।

उनले सबै उमेर समूहका नागरिकका लागि खेल खेल्नका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइन् । खेलकुद क्षेत्रको विकासले मुलुकको विकास र समृद्धि समेत हुने तथा नागरिकहरू पनि स्वस्थ हुने भएकाले त्यस क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

सांसद गुरुङले युवाहरुलाई सही बाटोमा ल्याउन पनि खेलकुद क्षेत्रमा उनीहरुको सहभागिता गराउन सरकारले ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन् । सांसद गुरुङले युवाहरूलाई परिचालन गरी देशको विकास गर्नुपर्ने आवश्यकता भए पनि सरकारले सोही अनुसारको नीति, कार्यक्रम र बजेट ल्याउन नसकेको गुनासो समेत गरिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७