संवैधानिक परिषद् सात सदस्यीय बनाउन सांसद बेल्बासेको माग


२३ श्रावण २०७९, सोमबार
bel

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) राष्ट्रियसभाकी सांसद गंगाकुमारी बेल्वासेले संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्था गर्न सरकारसँग माग गरेकी छन् । सांसद बेल्वासेले राष्ट्रियसभाका उपाध्यक्ष समेत सदस्य रहने गरी संवैधानिक परिषद् सात सदस्यीय बनाउन सरकारसँग माग गरेकी हुन् ।

संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र उपसभामुख गरी ६ सदस्यीय संवैधानिक परिषद् रहेको छ । सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बेल्वासेले संविधान संशोधन गरी त्यसलाई सात सदस्यीय बनाउन उपयुक्त हुने तर्क गरिन् ।

संवैधानिक परिषद्सम्बन्धि विधेयक सभामा छलफल भइरहेको उल्लेख गर्दै उनले त्यसमा सो व्यवस्था गर्न सबै सांसदहरुको ध्यानाकर्षण समेत गराइन् । सांसद बेल्वासेले संवैधानिक परिषद्लाई आफ्नो काम सहज ढंगले अघि बढाउन पनि सात सदस्यीय बनाउन उपयुक्त हुने दाबी गरिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७