फेरि धरानदेखि चुनाव लड्ने तयारीमा अशोक राई


२३ श्रावण २०७९, सोमबार
Ashok Kumar Rai Leader

काठमाडौं : जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष अशोक राईले सुनसरीको धरानबाट चुनाव लड्ने तयारी गरेका छन् । आगमी ४ मंसिर २०७९ मा हुने निर्वाचनमा प्रतिनिधिसभाको लागि सुनसरी–१ बाट अध्यक्ष राईले चुनावको तयारी गरेका हुन् ।

अध्यक्ष राई यसअघि नी धरानबाट चुनाव लडेका थिए । त्यसको तयारीका लागि अध्यक्ष राई अहिले धरान पुगेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाका स्थानीय नेताहरुले पनि अध्यक्ष राईलाई सुनसरी–१ बाट चुनाव लड्न सुझाव दिएका छन् ।

कांग्रेसका नेता तथा दलीय संयन्त्रका संयोजक किशोर राई, कांग्रेस क्षेत्र नं १ का सभापति सुरेन्द्र गोले, क्षेत्र १ ‘क’का सभापति अनिल श्रेष्ठ, कांग्रेस धरान उपमहानगरका सभापति श्याम पोखरेल, नेकपा माओवादी प्रदेश १ का सदस्य तथा धरान उपमहानगरका इन्चार्ज चोत्लुङ, नेकपा माओवादी प्रदेश १ का सदस्य अशोक राई, नेकपा एकीकृत समाजवादी धरान उपमहानगरका अध्यक्ष रेवतीरमण राई, जसपा धरान उपमहानगरका अध्यक्ष ताजुब लिम्बूलगायत नेताहरुले धरान–१७ रेल्वेस्थित अध्यक्ष राईको निवासमै भेटेका हुन् ।

भेटमा नेताहरुले धरानबाट चुनाव लड्न सुझाव दिदै धरानको समग्र विकासको बारेमा कुराकानी गरेका थिए । उनीहरुले धरानको विकासका लागि संघीय सरकारसँग बजेट मिलाउन डेलिगेशन जाने र सोका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

अध्यक्ष राईले विकासको योजनाबारे लिखित माग तयार पार्न आग्रह गर्दै सोका लागि पुरै सहयोग गर्ने प्रतिबद्धता जनाए । सो क्रममा उनले धरानमा एक हजार मानिस अट्ने सभाहल निर्माणका लागि आफूले पहल गरेको स्मरण पनि गरे ।

उनले धरानको दन्तकाली, बुढासुब्बा, विष्णुपादुकादेखि चतरा, बराहक्षेत्र र रामधुनीसम्मलाई जोड्ने गरी धार्मिक पर्यटकीय सर्किट निर्माण गर्नुपर्ने बताए । उनले चालू आर्थिक वर्षमै बजेट पाउने गरी संघीय सरकारसँग डेलिगेशन जाने हो भने ढिला नगर्न आग्रह गरे ।

गत निर्वाचनमा अध्यक्ष राई नेकपा (एमाले) का उम्मेदवार जयकुमार राईसँग पराजित भएका थिए । जयकुमारले ४४ हजार ५ सय २८ मत प्राप्त गरे थिए भने अशोकले २२ हजार १ सय २३ मत प्राप्त ल्याएका थिए।

भूमिगत समयमा उनले धरानलाई आधार बनाएर संगठन गरेका थिए । मदन भण्डारी सगरमाथा कोशी क्षेत्रीय समितिको सचिव हुँदा अशोक राई उपसचिव भएर भूमिगत रुपमा धरानबाट राजनीति गरेका थिए । ०४६ सालको आन्दोलनताका पनि धरानमा रहेर आन्दोलन संग्लन थिए । उनले ०३५ सालदेखि २०४८ सालसम्म धरानमा रहेर कम्युनिष्टको संगठन बिस्तार गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७