कांग्रेसले निर्वाचन तयारीका लागि ७७ वटै जिल्लामा केन्द्रीय नेता खटाउने


२३ श्रावण २०७९, सोमबार
Gagan Thapa congress

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारीका लागि देशभर पार्टीका केन्द्रीय नेताहरु खटाउने भएको छ ।

आउँदो मंसिर ४ गते हुने भनिएको प्रादेशिक र संघीय निर्वाचनका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय तहका नेताहरु खटाउने भएको हो । महामन्त्री गगन थापाले निर्वाचन केन्द्रित अभियानका लागि सबै केन्द्रीय सदस्यहरुलाई जिल्ला-जिल्ला खटाइने जानकारी दिएका छन् । उनका अनुसार कांग्रेसले भदौ २ गतेबाट २४ गतेसम्म केन्द्रीय सदस्यहरु जिल्लाहरुमा खटाउने भएको हो ।

‘भदौ २ गतेबाट २४ गतेसम्म नेपाली कांग्रेसका सबै केन्द्रीय सदस्यहरुलाई हामी जिल्ला जिल्ला पठाउँदै छौँ चुनाव केन्द्रित अभियानका क्रममा’, थापाले भने । उनले निर्वाचनकै तयारीका लागि पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई पनि काठमाडौँ बोलाइने जानकारी दिए । ‘हामीले ३० र ३१ गते श्रावणमा देशभरका स्थानीय सरकारका साथीहरुलाई यहाँ बोलाउँदै छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७