महालक्ष्मी विकास बैंकले ल्यायो ‘डबल बोनान्जा’ मुद्दती खाता, १० हजारमा खोल्न सकिने


२३ श्रावण २०७९, सोमबार
double

काठमाडौ । महालक्ष्मी विकास बैंकले महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता ल्याएको छ । यो खातामा रकम राख्दा ७० महिनामा दुई गुणा रकम दिने बैंकले जनाएको छ ।

बैंकका अनुसार यो खाता १० हजार रुपैयाँमा खोल्न सकिन्छ । बैंकले ग्राहकलाई उच्च प्रतिफल दिने उदेश्यले यो योजना ल्याएको जनाएको छ । बैंकको देशभर रहेका १०३ वटा शाखामार्फत खाता खोल्न सकिने विज्ञप्तिमा उल्लेख छ । बैंकले वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो बनाउन भिसा इएमभी चिपमा आधारित ट्राभल कार्ड र डलर कार्ड समेत जारी गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७