चीनका लागि नेपाली राजदूत श्रेष्ठले बुझाए ओहोदाको प्रमाणपत्र


२३ श्रावण २०७९, सोमबार
rojdoot

काठमाडौं । जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले चीनको परराष्ट्र मामिलाका शिष्टाचार महापाल होङ लेई समक्ष ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेश गरेका छन् ।

सो अवसरमा लेईले श्रेष्ठलाई स्वागत गर्दै दुई देशबीच परापूर्वकालदेखि रहिआएको नेपाल र चीन बीचको सौहार्दपूणर् सम्बन्ध महामहिमको कार्यकालमा थप प्रगाढ हुने विश्वास व्यक्त गरी सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

राजदूत श्रेष्ठले स्वागतका लागि धन्यवाद व्यक्त गर्दै नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको जानकारी गराएका थिए । उनले आफ्नो कार्यकालमा दुई देशबीच हुँदै आएको उच्च स्तरीय भ्रमण तथा जनस्तरका आदानप्रदान मार्फत व्यापार, लगानी प्रवद्र्धन,पर्यटन, शिक्षालगायतका क्षेत्रमा थप योगदान पुर्याई द्धिपक्षिय सम्बन्धलाई थप मजबुत बनाउने प्रतिवद्धता पनि जनाए । उक्त कार्यक्रममा नियोग उपप्रमुखलगायत बेइजिङस्थित नेपाली दूतावासका कर्मचारीहरु पनि सहभागी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७