नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त


२३ श्रावण २०७९, सोमबार
prabhakar

काठमाडौँ । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त भएका छन् । भारतीय टोलीका पूर्व अलराउण्डर समेत रहेका ५९ वर्षीय प्रभाकरलाई नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एक दिवसीय खेल खेलेका थिए । प्रशिक्षकका रूपमा भने उनले यसअघि अफगानिस्तानको राष्ट्रिय टिमका साथै रणजी ट्रफीमा दिल्ली, पञ्जावलगायत टिमलाई उपाधि दिलाएका छन् । यसअघि उनी अफगानिस्तान क्रिकेट टिममा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

त्यस्तै उनी रणजी ट्रफीमा दिल्ली, राजस्थान र उत्तर प्रदेश टिमको पनि प्रशिक्षक थिए । यसअघि नेपालका पुबुदु दासानायकले बीचमै छोडेपछि मुख्य प्रशिक्षक पद रिक्त रहेको थियो । उनको पारिश्रमिकबारे क्यानले अहिलेसम्म केहि खुलाएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७