सशस्त्र प्रहरी जवान डेढ किलो चरेशसहित पक्राउ


२३ श्रावण २०७९, सोमबार
charesh

कैलाली । कैलालीमा सशस्त्र प्रहरीका एक जवान डेढ किलो लागुऔषध चरेशसहित पक्राउ परेका छन् । सशस्त्र प्रहरी गण बनबेहडामा कार्यरत प्रहरी जवान गणेशप्रसाद जोशीलाई चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।

बझाङको दुर्गाथली घर भएका जोशीलाई धनगढी उपमहानगरपालिका-२, ट्राफिक चोकबाट सोमबार दिउँसो नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालयबाट सादा पोशाकमा खटिएको टोलीले शंका लागि चेकजाँच गर्दा उनको साथबाट एक किलो पाँच सय ग्राम लागू औषध बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७