लोसपालाई सत्ता गठबन्धनमा ल्याउन छलफल जारी छ : मन्त्री कार्की


२३ श्रावण २०७९, सोमबार
gyanendra karki31645164430

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि सहभागी गराइने भएको छ । सूचना तथा सञ्चारमन्त्री समेत रहेका र सिट बाँडफाँटका लागि गठित ११ सदस्यीय कार्यदलका सदस्य ज्ञानेन्द्र कार्कीले गठबन्धनमा लोसपालाई ल्याउनेबारे छलफल भइरहेको जानकारी दिएका छन् ।

सोमबार बसेको गठबन्धन कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री कार्कीले लोसपालाई गठबन्धनमा ल्याउन शीर्ष तहमा छलफल जारी रहेको बताएका हुन् । ‘लोसपालाई सत्ता गठबन्धनमा ल्याउन छलफल चलिरहेको छ । त्यो छलफल शीर्ष तहमा जारी छ’, कार्कीले सञ्चारकर्मीको प्रश्नमा भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७