परराष्ट्रमन्त्री खड्का हिमालय एयरलाइन्सको जहाजबाट चीन जाँदै


२३ श्रावण २०७९, सोमबार
Narayan Khadka

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्का हिमालय एयरलाइन्सको जहाज चार्टर्ड गरी चीन भ्रमणमा जाने भएका छन् । मन्त्री खड्का राति १० बजेपछि चीन भ्रमणमा जान लागेका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले मन्त्री खड्का चार्टर्ड जहाजमार्फत जान लागेको जानकारी दिएको छ । ‘परराष्ट्रमन्त्री चार्टर्ड जहाजमार्फत राति १०-११ बजेको बीचमा चीन जाँदै हुनुहुन्छ’, प्राधिकरणका एक अधिकारीले भने ।

समकक्षी चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री डा. अगस्ट ०९ देखि ११ सम्म चीन भ्रमणमा जाने भएका हुन् । दुई मन्त्रीहरूले १० अगस्ट २०२२ मा चीनको छिङ्दाओमा आ-आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७