धौलागिरि लघुवित्तको आईपीओ बिक्री खुला


२४ श्रावण २०७९, मंगलवार
IPO

काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (मंगलबार) देखि प्राथमिक शेयर (आईपीओ) निष्कासन बिक्री खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले हुन आउने तीन करोड ३१ लाख रुपैयाँ बराबरका तीन लाख ३१ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

कम्पनीले निष्कासन गर्ने कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात् पाँच हजार १५५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । बाँकी रहेको तीन लाख नौ हजार २९५ कित्ता आईपीओका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा मागबमोजिम आवेदन नपरे आउँदो भदौ ७ गतेसम्म आवेदनका लागि समय थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० देखि एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । इच्छुक आवेदकले सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङ्स नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस आईएस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको बुझिन्छ ।

हाल कम्पनीको चुक्ता पुँजी सात करोड रुपैयाँ छ । यो आईपीओ निष्कासन गरी बाँडफाँट गरेपश्चात् कम्पनीको चुक्ता पुँजी १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ । आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा कम्पनीको वास्तविक सञ्चित नाफा दुई करोड ५९ लाख रुपैयाँ छ । उक्त अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ४४ पैसा छ । प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ६६ पैसा छ ।

यो कम्पनीले धितोपत्र दोस्रो बजारमा १४८ रुपैयाँ ६६ पैसादेखि ४४५ रुपैयाँ ९८ पैसासम्म मूल्य रेञ्ज पाउने देखिन्छ । कम्पनीले पहिलो कारोबारका लागि वास्तविक प्रतिसेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज पाउने गर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७