ताइवान नजिक चीनको थप सैन्य अभ्यास


२४ श्रावण २०७९, मंगलवार
tiwan 20220804132258

काठमाडौं । चीनले ताइवान नजिक थप सैन्य अभ्यासको घोषणा गरेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको स्वशासित टापुको भ्रमणको विरोधमा सुरु गरिएको सैन्य अभ्यास अन्त्य भएको एक दिनपछि चीनले ताइवान वरपरको समुद्र र हवाई क्षेत्रमा थप सैन्य अभ्यासको घोषणा गरेको हो ।

चीनले ताइवानको तटमा आफ्नो सैन्य अभ्यास जारी राख्ने बताएको छ । चीनको यो सैन्य अभ्यास आइतबार सकिने बताएको थियो तर पेलोसीको ताइवान भ्रमणको प्रतिक्रिया स्वरूप चीनले यो अभ्यासलाई जारी राख्ने भएको छ ।

चिनियाँ सेनाको पूर्वी कमाण्डले आफूहरूले पनडुब्बी विरोधी आक्रमणको अभ्यास गरिरहेको बताएको छ । अर्कोतर्फ ताइवानको विदेश मन्त्रालयले चीनलाई सैन्य अभ्यास रोक्न आग्रह गरेको छ । ताइवानले यो अभ्यासलाई अनुचित व्यवहारको रूपमा व्याख्या गरेको छ ।

चीनले ताइवानलाई आफ्नो विद्रोही राष्ट्र मानेको छ । ‘एक चीन नीति’ अन्तर्गत चीन कुनै पनि देशले ताइवानलाई स्वतन्त्र राष्ट्रको रूपमा व्यवहार गरेको चाहँदैन । गत हप्ता अमेरिकी कंग्रेसकी सभामुख पेलोसीको ताइवान भ्रमणको चीनले कडा विरोध गरेको छ। चीनले यो भ्रमणलाई ‘एक चीन नीति’ विरुद्धको ठानेको छ ।

पछिल्लो २५ वर्षमा अमेरिकाको यति ठूलो नेता ताइवान पुगेको यो पहिलो पटक हो । चीनले पेलोसीको ताइवान भ्रमणलाई ‘धेरै खतरनाक’ भनेको छ । चीनका उपविदेशमन्त्री शि फेङले यसलाई दुर्भावनापूर्ण भनेका छन् र गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७