प्रधानमन्त्री देउवालाई भेट्दै पूर्व प्रधानमन्त्री खनाल


२४ श्रावण २०७९, मंगलवार
Deuwa Jhalanath

काठमाडौँ । नेपालको चियामा भारतले थप ४० प्रतिशत कर लगाएको विषयमा ध्यानाकर्षण गराउन पूर्व प्रधानमन्त्री झलनाथ खनालले आज (मंगलबार) प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् ।

भारतले नेपालको चियामा थप कर लगाउँदा स्वदेशी चिया व्यवसायीलाई परिरहेको मर्काबारे पूर्व प्रधानमन्त्री खनालले प्रधानमन्त्री देउवालाई अहिले बिहान साढे ९ बजे भेटेर कुरा राख्ने भएका हुन् । भेटमा समसामयिक राष्ट्रिय राजनीति, अर्थतन्त्र र विदेश नीति, आगामी निर्वाचन र गठबन्धनलगायतको विषयमा पनि कुराकानी हुने जनाइएको छ ।

प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्न नेकपा एकीकृत समाजवादीका सम्मानित नेता आज बिहान प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा पुग्ने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७