विजय गच्छदार पार्टीबाट निष्कासित


३० आश्विन २०७४, सोमबार
bijaya gachhadar

काठमाडौं :  नेपाल लोकतान्त्रिक फोरम पार्टीबाट विजय कुमार गच्छदार साधरण सदस्यसम्म नरहने गरी निष्कासित भएका घाेषणा गरेका  छन् । अध्यक्ष रहेको गच्छदार नेपाली कांग्रेसमा पार्टी समाहित गरेपनि सह–अध्यक्ष भानुराम थारु लगायतका केन्द्रीय सदस्य गएनन् । त्यही समुहले उनलाई निष्कासित गरेको विज्ञप्ती जारी गरेका छन् ।

bijaya gachhadar

सह–अध्यक्ष .थारुले भने, ‘हाम्रो पार्टी काँग्रेसमा विलय भयो भन्ने समाचारहरु आएका छन्, ती सबै हल्ला हुन, हामी यही पार्टीबाट कानुनले दिएसम्म चुनाव लड्छौँ, यदी मिलेन भने स्वतन्त्र मैदानमा उत्रिन्छौँ ।’

थापाले अघि थपे, ‘विजय कुमार गच्छदारले बहुत गल्ति गर्नुभयो, आगामी दिनमा उहाँले चाहे अनुसारको काँग्रेसमा स्थान मिल्दैन, त्यतिखेर उहाँ आफ्नै पार्टीमा फर्किनु हुन्छ, हामीले स्वागत पनि गर्नेछौँ ।’

मुलुकमा रहेको गरिबी, दलित, उत्पीडित लगायत सबैको भलो गर्नको लागि हाम्रो पार्टी रहिरहने भन्दै थापाले भने,‘गच्छदारले पार्टीको नियम, निती, निर्देशन, विपरित काम गर्नु भएको छ, हामीले उहाँलाई आजैबाट साधारण सदस्य समेत नरहने गरि निष्काशित गरेका छौँ ।’

पार्टीले जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘पछिल्लो राजनीतिक परिस्थतिबाट पार्टीका पंक्ति र सदस्यहरुलाई विचलित नहुनको लागि आग्रह गर्दछौँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७