ज्ञवालीको व्यङग्य : एउटै गठबन्धनमा संघीयताविरोधी र पक्षधर


२४ श्रावण २०७९, मंगलवार
pradeep
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उप-महासचिव प्रदीप ज्ञवाली आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् ।

आयोगले आइतबारबाट निर्वाचनको लागि दल दर्ता गर्न आव्हान गरेको थियो । सोही वमोजिम आयोगमा एमाले दर्ता गर्न उनी गएका हुन् । दल दर्ता गर्न आयोग पुगेका उनले सत्तारुढ गठबन्धनमा संघीयताविरोधी र पक्षधर दुवैथरी पार्टी रहेको भन्दै आलोचना गरेका थिए ।

सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गरी अघि बढ्ने निणर्य गरेका थिए । सोही निणर्यप्रति व्यङ्ग्य गर्दै एमाले उप-महासचिव ज्ञवालीले उक्त आलोचन गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७