म्याग्दीमा जन्मियो दुईटा टाउको भएको पाडो


२४ श्रावण २०७९, मंगलवार
pado

म्याग्दी । म्याग्दीका एक किसानले पालेको भैंसीले मंगलबार दुईवटा टाउको भएको पाडो जन्माएको छ । बेनी नगरपालिका-५, डडुवाका किसान होमबहादुर खत्री ‘राजु’ ले पालेको भैंसीले दुई वटा टाउको भएको पाडो जन्माएको हो ।

दुईवटा टाउकासँगै दुई मुख र चार आँखा स्पष्ट छुट्टिएको पाडो बच्न भने नसकेको खत्रीले बताए । भैंसीको अवस्था भने सामान्य छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु प्राविधिक सुवास रेग्मीले जिनको समस्या हुँदा यस्तो अवस्थामा आउने बताए । ‘यस्तो कमै हुन्छ, यस्तो अवस्थामा जन्मिएका पाडापाडी जीवित हुने सम्भावना न्यून हुन्छ’, रेग्मीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७