गठबन्धनबारे छलफल गर्न नेसपाका भट्टराई र यादव प्रधानमन्त्री निवासमा


२४ श्रावण २०७९, मंगलवार
Nesapa

काठमाडौँ । सत्ता गठनबन्धनबारे छलफल गर्न नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र राय यादव प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

आज (मंगलबार) अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका भट्टराई र यादवसँग प्रधानमन्त्री देउवाले गठबन्धन र चुनावी तालमेलको विषयसहितमा छलफल गरिररहेका छन् ।

’समसामयिक राजनीतिक विषय, गठबन्धन, चुनावी तालमेललगायतको विषयमा छलफल हुँदैछ,’ नेसपाका केन्द्रीय सदस्य विश्वद्वीप पाण्डेले सुनाए । सत्तारुढ पाँच दलीय गठबन्धनभित्रको एक दल जनता समाजवादी पार्टी छाडेर भट्टराई र यादवले नेपाल समाजवादी पार्टी गठन गरेका छन् । भट्टराई र यादव सत्तारुढ गठबन्धनमा रहन्छन् वा अन्य विकल्प खोज्छन् भन्ने चासो रहेको छ ।

सत्तारुढ गठबन्धन भने विस्तार गरेर आठ दल पुर्‍याउने विषयमा छलफल जारी रहेको छ । यसअघि महन्थ ठाकुरसहितका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरुले प्रधानमन्त्री देउवासँग चुनावी गठबन्धनको विषयमा बालुवाटारमा छलफल गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७