प्रधानन्यायाधीशविरुद्धको महाभियोग यही संसदले टुङ्गो लगाउँछ : सांसद पुन


२४ श्रावण २०७९, मंगलवार
barshaman pun
फाइल फोटो

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश चोेलेन्द्रशमशेर जबराबिरुद्धको महाभियोग यही संसदले टुङ्गो लगाउने दाबी गरेका छन् ।

आज (मंगलबार) मंगलबार संसद बाहिर सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यहि संसदबाट टुंगो लगाउने गरी नै महाभियोग अघि बढाइएको जानकारी दिएका छन् । समितिले छिटै अध्ययन र अनुसन्धानका कामहरु गरेर आफ्नो जिम्मेवारी पूरा गर्नेमा माओवादी केन्द्र आशावादी रहेको उनको भनाइ छ । तीन महिना अधिकतम समय भएको भन्दै उनले टुंगोमा पुर्‍याउने गरेरै महाभियोग अघि बढाइएको स्पष्ट पारे ।

‘प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबिरुद्धको महाअभियोग प्रक्रियामा गइसकेको छ । समिति पनि पहिले नै गठन भइसकेको छ । समितिमा छलफल गरेर समितिले छिट्टै अध्ययन र अनुसन्धानका कामहरु जुन उसको जिम्मेवारी छ, त्यो छिटै पूरा गरेर सिफारिस गर्छ भन्ने हाम्रो अपेक्षा छ । यो कुरा अहिलेकै संसदले टुंगो गर्नुपर्छ । जुन निणर्यमा पुगे पनि अहिलेको संसदमै पुग्नुपर्छ । तीन महिना भनेको अधिकतम समय हो । यसलाई टुंगोमा पुर्‍याउने गरेरै ल्याएको हो,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७