श्रीलंकामा बिजुलीको महसुल दर २६४ प्रतिशतले वृद्धि


२४ श्रावण २०७९, मंगलवार
srilanka 1

काठमाडौं । श्रीलंकाको राज्य सञ्चालित सिलोन विद्युत बोर्ड (सीईबी) ले न्यून विद्युतको खपत गर्ने मानिसहरूका लागि २६४ प्रतिशतले महसुल दर बढाएको छ । तर ठूला विद्युत खपत गर्नेहरुका लागि भने सानो वृद्धि तय गरेको छ ।

घाटामा रहेको सिलोन विद्युत बोर्डले ६१ करोड ६० लाख अमेरिकी डलर बराबरको घाटाको अंश पूर्ति गर्ने उद्देश्यले बुधबारदेखि लागु हुने गरी ९ वर्षमा पहिलो पटक यति ठूलो रुपमा महसुल दर बढाएको हो ।

सीईबीले ८०० प्रतिशत भन्दा बढी ट्यारिफ वृद्धिको लागि अनुरोध गरेको भए पनि नियामकले यसलाई अधिकतम २६३ प्रतिशतमा सीमित गरेको हो । एक महिनामा ९० किलोवाटभन्दा कम विद्युत् प्रयोग गर्ने ७८ लाख घरपरिवारमध्ये दुई तिहाइ परिवार यो वृद्धिको मारमा पर्ने छन् । ठूला उपभोक्ताहरूका लागि करिब ८० प्रतिशतले मात्रै महसुल दर बढ्ने बताइएको छ ।

यससँगै अब, हाल प्रतियुनिट २.५० रुपैयाँ लाग्ने साना उपभोक्ताले ८ रुपैयाँ तिर्ने छन् भने, ४५ रुपैयाँ प्रति युनिट तिर्दै आएका ठूला उपभोक्ताले ७५ रुपैयाँ प्रति युनिट तिर्नेछन् । खाद्यान्न, इन्धन र औषधि जस्ता सबैभन्दा अत्यावश्यक आयातका लागि समेत विदेशी मुद्रा सञ्चिति सकिएपछि श्रीलंकाले सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ ।

आफ्नो ५१ अर्ब विदेशी ऋण तिर्न असमर्थ भएसँगै सरकारले अप्रिलमा डिफल्ट भएको घोषणा गरेको थियो भने यसले सम्भावित बेलआउटको लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग वार्ता गरिरहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७