केन्यासँगको श्रृङ्खलाका लागि नेपाली क्रिकेट टोली घोषणा, ज्ञानेन्द्रको ‘कमव्याक’


२४ श्रावण २०७९, मंगलवार
gyanendra malla

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले केन्यासँगको टी-२० र एक दिवसीय क्रिकेट श्रृङ्खलाका लागि टिमको घोषणा गरेको छ । क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेको हो ।

टिममा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल पनि समावेश छन् । विनोद भण्डारी र कुशल भुर्तेल भने टिममा परेका छैनन् । युवा विकेटकिपर अर्जुन साउद पहिलो पटक टिममा परेका छन् ।

नेपाली टोलीमा सन्दीप लामिछाने, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद, पवन सर्राफ, शाहब आलम, किशोर महतो र विवेक यादव रहेका छन् । जितेन्द्र मुखिया, भीम सार्की, प्रतिस जीसी र हरिशंकर साह वैकल्पिकमा रहेका छन् ।

नेपालले यही अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्यासँग पाँच खेलको टी-२० र तीन खेलको एक दिवसीय श्रृङ्खला खेल्दैछ । क्यानले हिजो मात्रै मुख्य प्रशिक्षकमा भारतका मनोज प्रभाकरलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७