नेसपालाई गठबन्धनमा सहभागी गराउन प्रधानमन्त्री सकारात्मक

यो गठबन्धन बनाउन हाम्रो पनि ठूलो भूमिका छ, त्यसैले हाम्रो पनि हकदाबी लाग्छ : बाबुराम


२४ श्रावण २०७९, मंगलवार
Nesapa

काठमाडौँ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल समाजवादी पार्टीलाई सत्तारुढ गठबन्धनमा सहभागी गराउने विषयमा सकारात्मक रहेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (मंगलबार) नेसपाका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र राय यादवसँगको भेटमा प्रधामन्त्री देउवाले नेसपालाई गठबन्धनमा सहभागी बनाउने विषयमा अन्य साझेदार दलहरुसँग छलफल गर्ने बताएका छन् ।

‘मैले पनि गठबन्धनमा तपाईंहरुलाई पनि सहभागी गराउनु पर्छ भनेर सोचिरहेको थिएँ,’ देउवाले भने, ‘म सकारात्मक छु । एक पटक गठबन्धनका अन्य दलहरुसँग यस विषयमा सल्लाह गरेर खबर गर्छु ।’ भेटमा भट्टराईले अहिलेको सत्तारुढ गठबन्धन निर्माण गर्न आफ्नो पनि भूमिका रहेकाले त्यसमा हक लाग्ने बताएका थिए । ‘यो गठबन्धन बनाउन हाम्रो पनि ठूलो भूमिका छ त्यसकारण यो गठबन्धनमा हाम्रो पानि हकदाबी लाग्छ ।’

सत्तारुढ पाँच दलीय गठबन्धनभित्रको एक दल जनता समाजवादी पार्टी छाडेर भट्टराई र यादवले नेपाल समाजवादी पार्टी गठन गरेका छन् । भट्टराई र यादवको दलले सत्तारुढ गठबन्धनमा रहन्छन् वा अन्य विकल्प खोज्छन् भन्ने चासो छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७