जापानबाटै प्रचण्डले भने, ‘चितवन क्षेत्र नं ३ बाटै चुनाव लड्छु’

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नु हुन्छ भन्ने विश्वास म गर्नै चाहन्न, उहाँले गर्नु हुन्न’


२४ श्रावण २०७९, मंगलवार
prachanda japan

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन क्षेत्र नं ३ बाटै चुनाव लड्ने बताएका छन् । पाँच दिने जापान भ्रमणमा रहेका प्रचण्डले नेपाली पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘तपाईंहरू ढुक्क हुनुस्, चुनाव चितवनबाटै लड्छु त्यो पनि क्षेत्र नं ३ बाटै लड्छु । साथै उनले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता नगर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

उनले भने, ‘त्यत्रो समस्या समाधान गर्न सरकारले गरेको पहल र सदनले पारित गरेको प्रस्तावलाई राष्ट्रपतिले फिर्ता गर्नु हुन्छ भन्ने विश्वास म गर्नै चाहन्न । र उहाँले गर्नु हुन्न ।’ पाँच दिने जापान भ्रमणका रहेका उनी बुधबार नेपाल फर्किदै छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७