रेन्जर्स च्याम्पियन्स लिग छनोटको प्लेअफमा


२५ श्रावण २०७९, बुधबार
Rangers champions league

काठमाडौँ । रेन्जर्स च्याम्पियन्स लिग छनोटको प्लेअफमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा युनियन सेन्ट गिलोइसलाई ३-० ले हराउँदै समग्रमा ३-२ को नतिजासहित रेन्जर्सले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

मंगलबार भएको खेलको ४५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएको रेन्जर्सले ५८ औं मिनेटमा अर्को गोल थपेको थियो । त्यस्तै ७८ औं मिनेटमा अग्रता ३-० मा पुर्‍याएको थियो । विपक्षी टोलीको तर्फबाट भने कुनै पनि गोल हुन सकेन ।
खेलको इन्ज्युरी समयमा युनियन सेन्ट गिलोइसका लाजारे एमानी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७