अमेरिकी अभिनेत्री हर्डलाई अश्लील फिल्म खेल्न अफर


२५ श्रावण २०७९, बुधबार
Amber Heard

काठमाडौँ । अमेरिकी अभिनेत्री एम्बर हर्डलाई एक कम्पनीले अश्लील फिल्म खेल्ने प्रस्ताव गरेको छ । जेन्स मोडल्स नामक अडल्ट फिल्म कम्पनीले आउँदो एक्स-रेटेड मुभीका लागि हर्डलाई प्रस्ताव गरेको हो । केही समयअघि मात्र हर्डले आफ्ना पूर्व पति जोनी डेपसँग मुद्दा हारेकी थिइन् ।

अदालतले उनले एक करोड ३ लाख डलर क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको छ । यद्यपि उनले अदालतको फैसलाविरुद्ध पुनरावेदन दिएकी छिन् । जेन्स मोल्डल्सले भने हर्डलाई पूर्वपतिलाई तिर्नुपर्ने ऋण पनि तिरिदिने प्रस्ताव गरेको छ ।

उक्त अश्लील वेबसाइटले उनलाई संकटको समयमा ८० लाख डलर पारिश्रमिक र थप १० लाख डलर एसीएलयू एण्ड चिल्ड्रेन्स हस्पिटलका लागि दिने कम्पनीले बताएको छ । कम्पनीले यो प्रस्ताव मञ्जुर भए अन्य विषयमा थप छलफल गरिने बताएको छ । कम्पनीले यो प्रस्तावले उनको व्यक्तिगत आर्थिक समस्या पनि समाधान हुने विश्वास व्यक्त गरेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७