झापामा १४ वर्षीया बालिका बलात्कृत


२५ श्रावण २०७९, बुधबार
Rape
सांकेतिक तस्वीर

झापा । झापाकी एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले ताप्लेजुङ फुङलिङ नगरपालिका-९ बस्ने २० वर्षीय दिपेश बिक पक्राउ गरेको छ ।

झापा अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्कस्थित ताप्लेजुङ-पाँचथर होटल एण्ड लजमा साउन १८ गते राति दिपेशले ती बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कार गरेपछि दिपेशले ती बालिकालाई विवाह गर्छु भनी आफ्नै घरमा लगेर राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७