प्रधानमन्त्री-अर्थमन्त्रीलाई मन लागे राष्ट्रिय गौरवको आयोजनामा राखौं भन्ने हुनु हुँदैन : तिमिल्सिना


२५ श्रावण २०७९, बुधबार
Ganesh Timalsina
फाइल फोटो

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्ने बताएका छन् ।

आज (बुधवार) राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमै नसकिँदा लाभ लिनबाट वञ्चित हुनुपरेको बताए । उनले मेलम्ची आयोजनाको काम अहिलेसम्म नसकिँदा पानीको कारणले कति व्यक्ति स्वास्थ्य लाभ गर्ने अवसरबाट वञ्चित हुनुपरेको बताएका छन् ।

उनले भने, ‘आयोजना जति छिटो सक्छौँ त्यति राज्यले प्रतिफल पाउँछ । कुनै पनि आयोजना ढिला हुँदा लागत बढिहाल्छ । त्यसको लाभ हामीले जे लिने हो त्यो ढिलो गरेर लिन्छौँ । मेलम्ची आयोजना पहिल्यै सकिनुपथ्र्यो । त्यस कारण आयोजना समयमै सक्नुपर्छ । समयमै काम सम्पन्न नभएका योजनाका बारेमा समितिले निगरानी राख्नुपर्छ ।’

अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय गौरव भनिरहँदा त्यसको निश्चित परिभाषा, निश्चित अर्थ र महत्व हुनुपर्ने बताए । राष्ट्रिय गौरवका आयोजना प्रधानमन्त्री, अर्थमन्त्री वा अन्य मन्त्री र सरकारको पहुँचमा रहेका नेताहरूको मन परेको योजनालाई बनाउने कुरा हुन नहुने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७