‘जनता बाढी-पहिरोको वितण्डामा छन्, सरकार कानमा तेल हालेर बसेको छ’


२५ श्रावण २०७९, बुधबार
mahesh basnet

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद महेश बस्नेतले देशभर बाढी र पहिरोले ठूलो क्षति गरेको भन्दै पीडितलाई राहत र क्षतिपूर्ति दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज (बुधबार) को प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बस्नेतले यतिखेर राहत र उद्दारमा खटिनुपर्ने सरकार कानमा तेल हालेर बसेको आरोप लगाए । ‘देशभर बाढी र पहिरोले क्षति गरेको छ । सरकारले यतिखेर कानमा तेल हालेर बसेको छ,’ उनले भने ।

उनले भक्तपुरको मनोहर खोलामा आएको बाढीले बस्ती नै डुबानमा परेको बताउँदै तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरे । देश नै बाढी र पहिरोको चपेटमा परेको भन्दै उनले धनजनको क्षतिपूर्ति दिने कुरामा, राहत र पुनरस्थापना गर्ने कुरामा गृहमन्त्री र प्रधानमन्त्री ज्यूलाई सदनले खोजिरहेको टिप्पणी गरे ।

सदनमा आएर गृहमन्त्री बालकृष्ण खाँड र प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिन र उचित पहल गर्न माग गरे । ‘देशभर बाढी पहिरोबाट भएको धनजनको क्षतिपूर्ति दिने कुरामा राहतको पुनरस्थापना गर्ने कुरामा गृहमन्त्री र प्रधानमन्त्रीज्यूलाई सदनले खोजिरहेको छ,’ उनले भने, ‘सदनमा आएर यसको उचित जवाफ दिन र उचित पहल लिन का हार्दिक अनुरोध गर्दछु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७